Thu. Mar 28th, 2024

आगामी कार्तिक ८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म ‘मधुमास’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुन २३ दिन बाँकी रहँदा निर्माण टिमले गीत र प्रोमो सार्वजनिक भएपश्चात पोस्टर रिलिज गरेको हो ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्धय पूजा शर्मा, सिवाङ्गिनी राणा र मनोज आरसी स्टारर रोमाण्टिक ड्रामा शैलीको ‘मधुमास’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहेको यो फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ ।
madhumas

%d bloggers like this: