भनिरहनु पर्दैन, राजेशपायल राई अविवाहित हुन् । तर, बिहीवार राजेशपायल राईले सन्तान ममताको अनुभूति बाँडे । उनले भने, ‘आफ्ना गीत सबै सन्तानजत्तिकै माया लाग्दा हुन्छन् ।’ अबिबाहित गायकले सन्तानको माया कस्तो हुन्छ कसरी अनुभूति गरे होलान् ! दर्शकदीर्घामा ठट्टा भएको थियो । कुरा गायक राजेशको १७ औँ एल्बम् ‘दर्शन नमस्ते–२’ बिमोचनको हो । उक्त एल्बम् बिमोचन भने नायक राजेश अर्थात् राजेश हमालले गरेका थिए । राजधानीको एभरेष्ट होटलमा गरिएको बिमोचन समारोहमा कलाकार, संगीतकार, गीतकार र पत्रकारको बाक्लो उपस्थिति थियो । उनले नयाँ एल्बम्मा रहेका केही गीत प्रत्यक्ष गाएर सुनाएका थिए । एउटा गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । भिडियोमा मोडल हेमा श्रेष्ठसँग गायक राजेश आफै फिचर भएका छन् । निर्देशन चाहिँ मिलन चाम्सको रहेको छ । एल्बम्मा ‘दर्शन नमस्त–२’, ‘देउता भाकी’, ‘असतोमा सत् गमय’ लगायत एघारवटा गीत समेटिएका छन् । गीत राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भुपेन्द्र खड्का, कुमार विवाहित, पदम किरातीले लेखेका छन् भने महेश खड्का, कल्याण सिँह, सुरेश अधिकारी, वसन्त सापकोटा, राई नविन, शन्तोष राज र विनोद खम्बूको रहेको छ ।
Related Post
नयाँ वर्षमा चार नेपाली फिल्म रिलिज हुने
Feb 6, 2023