Fri. Mar 29th, 2024

लोक कलाकारहरुको छाता संगठन लोक दोहोरी प्रतिष्ठान नेपालमा नयाँ नेतृत्व चुनिएको छ । सुर्खेतमा असोज १२, १३ र १४ गतेसम्म भएको पाचौँ अधिबेशनले चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । शर्माले अर्का प्रत्यासी गायक विष्णु खत्रीलाई ३ सय ८० मतले पराजित गरेका थिए । सबै पदका लागि निर्वाचन भएको निर्वाचनमा गायक बद्री पंगेनीले आफ्ना प्रतिद्वन्दीलाई सबैभन्दा ठूलो मतान्तरले पराजित गरेका छन् । उनले ९ सय ६७ मतको अन्तरले कृष्ण देवकोटालाई वरिष्ठ उपाध्यक्ष पदमा पछारेका हुन् । प्रथम उपाध्यक्ष पदमा टीकाराम चपाईँ, द्वितिय उपाध्यक्ष विमलराज क्षेत्री, महासचिवमा रमेश बिजी र सचिवमा पशुपति शर्मा र शिरीष देवकोटा, कोषाध्यक्षमा रिता थापा  र  सह–कोषध्यक्ष्मा दीपक खड्का निर्वाचित भएका छन् । एघार सदस्यका लागि भएको निर्वाचनमा गायक रामजी खाँड, शनृत्य निर्देशक ंकर विसी, गायक खुमन अधिकारी, राजु गुरुङ, चोलैन्द्र पौडेल, कुलेन्द्र विक, सुवास केसी, पुश्कल शर्मा, तारापति सुवेदी, हरिथापा मगर र होम गैरे निर्वाचित भएको छन् । महिला सदस्यमा टीका पुन, राधिका हमाल, रमिला न्यौपाने र जमुना रानाले चुनाव जितेका छन् । अधिकांस पदाधिकारी र सदस्यमा लोकप्रिय कलाकारले विजय हासिल गरेका छन् । २९ जनाको कार्यसमिति रहने प्रतिष्ठानका चार सदस्य मनोनित गरिने बताइएको छ ।

%d bloggers like this: