Sat. Apr 20th, 2024

 ‘नेपाल बैंक लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१३’ क्रमस बागमती बोर्डिङ स्कुलका १२ वर्षीय छात्र निश्चल केसी र क्याम्ब्रिज स्कुलकी ११ वर्षीय छात्रा सुनैना दाहालले जितेका छन् । यी दुबैले उपाधि र विभिन्न उपहारसँगै जनही १५÷१५ हजार रुपैयाँ पाए । जेसीआई काठमाडौं लेडी नेपालको आयोजना र बेटर ग्यालेक्सीको व्यबस्थापनमा आईतबार अबेर साँझ काठमाडौंमा यो प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१३ फस्ट रनरअपको उपाधि उत्सब थापा र नन्दनी नकर्मीले जिते । यी दुबैले जनही १०÷१० हजार रुपैयाँ पाए । यस्तै सेकेण्ड रनरअपको उपाधि रिँकेश बस्नेत र आस्था सिजापतिले जिते । दुबैले ५÷५ हजार रुपैयाँ पाए । सो प्रतियोगीतामा लिटिल प्रिन्स र लिटिल प्रिन्सेस दुबैका प्रतियोगीलाई अन्य १५ ओटा उपाधि थिए । जस अन्तर्गत फोटोजेनिकको उपाधि निश्चल केसी र श्रुती खनालले, बेस्ट स्माईलको उपाधि अँकित उप्रेती र प्रेरिका मैनालीले, डिसिप्लेनको उपाधि निराजन रावल र मेमोरी गजुरेलले, इन्नोसेन्टको उपाधि राहुल महर्जन र समज्ञा प्रधानले, इन्टेलिजेन्टको उपाधि रिँकेश बस्नेत र एलिसा बिसीले, ट्यालेन्टको उपाधि उत्सब थापा र सुनैना दाहालले जिते । यस्तै बेस्ट पर्सनालिटीको उपाधि बिनय न्यौपाने र युक्ता घिमिरेले, क्युटनेशको उपाधि उत्सब प्रसाई र हर्षिका कुण्डलियाले, बेष्ट फ्रेण्डसिपको उपाधि ऋतियुज खरेल र रोजल शाहले, बेस्ट हेयरको उपाधि उत्सब शिवाकोटी र नन्दनी नकर्मीले, बेष्ट स्किनको उपाधि उत्बस ओली र श्रेया निरौलाले प्राप्त गरे । यस्तै बेष्ट पर्फमेन्सको उपाधि महोत्सब भट्टराई र अस्मिता मगरले, बेष्ट क्याटवाकको उपाधि मनिष पाण्डे र असिमा बस्नेतले, बेष्ट इनर्जेटिकको उपाधि अनमोल थापा र एनिशा थापामगरले एव बेष्ट ड्रेसको उपाधि सुचित कार्की र सुवासिनी सुब्बाले हाँसिल गरे । प्रतियोगितामा प्रिन्स तर्फ १८ छात्र र प्रिन्सेस तर्फ ३९ छात्राले भाग लिएका थिए । सो प्रतियोगिताको निर्णायकमा गायक निर्णय श्रेष्ठ, हास्य अभिनेता निर्मल शर्मा, गायिका कुन्ती मोक्तान, मोडल÷सञ्चारकर्मी कला सुब्बा, डा. शुशिला मल्ल, प्रा. डा. गोबिन्द ढकाल, प्रमिला सिंह र कृति तुलाधर थिए । ‘हामीले व्यक्तित्व विकाश, बतृत्वकला सहित बाल बालिकालाई विभिन्न व्यबहारिक प्रशिक्षण दिएर उनीहरुलाई सक्षम बनाउन हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’ आयोजक सँस्था जेसीआई काठमाडौं लेडी नेपालकी अध्यक्ष जेसी सरिता प्रधानले जानकारी गराईन् ।

%d bloggers like this: