Thu. Apr 18th, 2024

दोस्रो हप्तामा चलिरहेको नेपाली फिल्म ‘होस्टेल’ हेर्ने दर्शक बढिरहेका छन् । एक हप्ता पुरानो भइसकेका कारण दर्शक घट्ने आँकलन गरेका हलहरुले होस्टेल हेर्नेको भीड देखेपछि शो बढाउने तयारी गरेका छन् । राजधानीको अष्टनारायण हलमा होस्टेलका दर्शक बढी भएपछि पुनः ठूलो हलमै फिल्म फर्काइएको छ । दर्शक कम हुने आंकलन गरेर यो हप्तादेखि सानो हलमा फिल्म देखाउने योजना अष्टनारायणको थियो । त्यसैगरी गोपिकृष्णमा बिहानी शोमा केही दर्शक टिकट नपाएर फर्केपछि शो बढाउने तयारी भएको छ । दर्शकहरुबाट माउथ पब्लिसिटी राम्रो पाएको होस्टेल अरु नेपाली  फिल्मका साथै हिन्दी फिल्मभन्दा पनि अघि देखिएको छ । सुनिल रावलले निर्माण गरेको फिल्मको निर्देशन हेमराज विसीको छ । फिल्मबाट युवा अभिनेता अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी हिरोका रुपमा उदाएका छन् ।

%d bloggers like this: