Fri. Mar 29th, 2024

नेपाली नारीहरुको महान चाड तीजले आज तआँगनै टेकिसक्यो । किनभने आज दरखाने दिन । भोलीदेखि ब्रत बस्नुपर्ने हुनाले परम्परादेखि नै आज दिदिबहिनीहरु भेला भएर मिठामसिनो खाने प्रचलन छ । पछिल्लो समय दर खाने दिन विशेष उत्सवका रुपमा मनाइन थालेका छ । ब्रत नबस्ने भएपनि मीठोमसिनो खाने दिनका यो पर्व सबैले मनाउछन् । यही अवसरमा हामीले केही महिला सेलिब्रिटीहरुका प्रिय दर परिकार बुझ्न खोजेका छौँ ।
खीर मलाई असाध्यै मनपर्छ । काँक्रो, आलु र आँपको अचार असाध्यै मीठो मानेर खान्छु । मेरो दरमा मटन पनि पर्छ ।
केकी अधिकारी\नायिका

jamuna 1

जमुना जोशी \गायिका
चिल्लो र पीरो कम भएका मासुका परिकार धेरै खाने गरिन्छ । पातलो खालको खीर धेरै मनपर्छ । मटर पनिर पनि मेरो रोजाइको दरभित्रै पर्छ । आलु, काँक्रा, तामा र बोडीको अचार भयो भने दर धेरै मीठो लाग्छ ।

gayatri
गायत्री थाप\गीतकार
मलाई सागका परिकार मनपर्छ । खीर त कसलाई पो नरुच्ला र ? नेवार समुदायमा तीज त्यति नमाउने भएकाले घरमा दर बन्दैन । अरुको घरमा दर खान बोलाउछन् । दरमा मीठै परिकार पकाउने भएकाले मन पर्छ ।

milan
मिलन अमात्य\गायिका

aastha
म खानामा विशेष परिकार खोज्ने मान्छे होइन । कम मसलायुक्त परिकार धेरै खाइन्छ । मामाघरमा बन्ने भेजटाइपको दर खुब रुच्छ ।
आस्था राउत\गायिका

%d bloggers like this: