Thu. Apr 25th, 2024

बानेश्वरस्थित बानेश्वर बैंकुटमा शुक्रवार फरक माहोल देखियो । टिभीमा छमछमी नाँचेका देखिनेहरु गीत गाउँदै थिए, गाउनेहरु भने नाँचिरहेका थिए । नेपाली नारीहरुको महान चाड हरितालिकाको पूर्वसन्ध्यामा देखिएका यी दृष्य दीपाश्री निरौला, निशा सुनार र कविता शर्माद्वारा आयोजित ‘आइएमइ तीज विशेष सम्मान’ कार्यक्रममा देखिएको हो ।
कार्यक्रममा अभिनेत्री रेखा थापा, मोडेल सिर्जु अधिकारीले जमेर गीत गाए । उता गायिकाहरु निशा सुनार, मञ्जु पौडेलहरु दिल खोलेर नाँचे । हसाउँने अभिनेत्रीका रुपमा परिचित दीपाश्री निरौला पनि बेस्सरी नाँचिन् । हिरोइन, गायिका र हाँस्य कलाकारको भब्य संगम रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा निस्वार्थ भावना लिएर काम गरिररहेका केही महिलाहरु सम्मानित भएका थिए ।
वुवाआमा जेलमा रहेका वालवालिकाको स्याहार र शिक्षाका निम्ति लागिपरेकी इन्दिरा राना मगर, पूर्वी तराइका वस्तिमा प्रसुती सेवा प्रदान गर्दै आएकी कृष्णा यादव, आफू दृष्वििहीन भएर पनि अरुलाई शिक्षाको उज्यालो घाम देखाउन लागिपरेकी शोभा पौडेल, सिर्जनशील वाल सेवा परिवारकी उमादेवी बस्नेत, अनाथ वालवालिकाकी अभिभावक शान्ति श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा अन्य गायिका कोमल वली, देविका बन्दना, सरु थापा, मिलन अमात्यलगायतले गीत गायका थिए । त्यसैगरी शंकर विसी, पार्वती राई, सम्झना बुढाथोकीलगायतले नृत्य गरेका थिए । ‘तितोसत्य’, ‘जिरेखुर्सानी’लगायतका हाँुूस्य कलाकार पनि उपस्थित थिए ।
 

%d bloggers like this: