Thu. Apr 25th, 2024

फिल्म ‘होस्टेल’ हेर्ने दर्शक नघटेपछि देशभरका ४० फिल्म स्टेशनले दोस्रो हप्ता सोही फिल्म दोहोर्याएका  छन् । ‘होस्टेल’ले तीज पनि राम्रैसँग मनाउने संकेत गरेपछि नयाँ रिलिज भएका तीन नेपाली फिल्मले हलको अभाव झेलेका छन् । यो हप्ता ‘वीर’, ‘जञ्जीर’ र ‘हाम्री चेली’ नयाँ रिलिज भएका हुन् ।
हिन्दु नारीहरुको ठूलो पर्व तीजलाई लक्षित गरी रिलिज भएका तीन नयाँ फिल्म र एक पुरानो गरी चार फिल्मको भिडन्त भएको छ । वेचिएकी चेलीको कथामा बनेको फिल्म ‘हाम्री चेली’, एक्सनप्रधान फिल्म ‘जञ्जीर’ र ‘बीर’ तन्नेरीको कथामा बनेको फिल्म ‘होस्टेल’सँग भिड्न लागेका हुन् ।
सुनिल रावलले निर्माण गरेका र हेमराज बिसीका कथा र निर्देशन रहेको फिल्मले नेपाली फिल्ममा आएको मन्दी चिरिरहेको छ ।

%d bloggers like this: