Thu. Apr 18th, 2024

गायिका अञ्जु पन्त अचेल सार्वजनिक कार्यक्रमममा त्यति देखिन्नन् । विहीवार साँझ एक फिल्मको कार्यक्रममा अञ्जु देखिइन् । त्यति मात्रै होइन, दुइटा चक्लेटी हिरोलाई हातै समाएर नचाइन् । निर्माणका घोषणा गरिएको फिल्म ‘स्टुपिड मन’को कार्यक्रममा फिल्मको शीर्ष गीत गाउँदै हिरोहरु जीवन लुइँटेल र निरज बराललाई नचाएकी हुन् ।
बिहीवारबाटै निर्माता हिरोको सूचीमा निरक पौडेल पनि थपिएका छन् । उनलाई निर्माणमा विवेक शाहीले सघाउदै छन् । पूरै सुटिङ थाइल्यान्डमा गरिने भनिएको फिल्मका उनी पनि हिरो हुन् । फिल्ममा जीवन लुइँटेल, चाँदनी शर्मा र रिज्जु श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । जापान अध्यनरत चाँदनी फिल्मकै लागि नेपाल आएको बताइएको छ भने रिज्जु मिस नेपाल भाग लिएर बेस्ट स्माइलिङको उपाधि प्राप्त युवती हुन् । नेपाली केटा बंगलादेशकी केटी बिचको प्रेम सम्बन्धलाई मुख्य कथा बनाएको फिल्ममा मार्टिन खान ओपोजिट भूमिकामा छन् । पत्रकार सामिप्य तिमिल्सेनाले पटकथा लेखेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । दिवाकरको यो दोस्रो फिल्म हो । फिल्मको सुटिङका लागि निर्देशकसहित ब्यवस्थापकीय टोली भोली नै थाइल्यान्ड प्रस्थान गर्नेछ । बाँकी सोमवार त्यतातर्फ उड्ने कार्यक्रममा बताइएको थियो । IMG_3970
IMG_3978

%d bloggers like this: