Fri. Apr 19th, 2024

चेकोस्लोभाकियाको राजधानी प्रागका रेलयात्रीले निकट भविष्यमा यात्राकै क्रममा माया पाउने भएका छन्। त्यहाँको एउटा कम्पनीले ‘लभ ट्रेन’ घोषणा गरेको छ। ती रेलमा जोडी खोज्नेका लागि छुट्टै ठाउँको व्यवस्था गरिने कम्पनीका लगानी प्रमुख रोपिडले बताएका छन्। …मानिसले त्यहाँ उम्मेदवार भेट्नेछन् र मन पर्‍यो भने सम्बन्ध गाँस्न सक्छन्,’ कम्पनीका प्रवक्ता फिलिप ड्रापलले भने। तर, यसै वर्षको अन्त्यतिर सुरु हुने भनिएको योजनाले प्रत्येक व्यक्तिलाई उत्साही बनाउन चाहिँ सकेको छैन। बरु केही यात्रुले चाहिँ अनावश्यक रूपमा आफ्नो ध्यानाकर्षण हुने चिन्ता प्रकट गरेका छन्। ‘कसैले मलाई उक्त डब्बामा देखेर मेरो केटा साथीलाई भनिदियो भने के गर्ने?’ एक यात्रुको चिन्ता थियो। लभ ट्रेनको अवधारणा चेक गणतन्त्रको राजधानीमा ओहोरदोहोर गर्ने बढीभन्दा बढी सर्वसाधारणलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने प्रयासको प्रतिफल हो। यात्रुका चासोतर्फ संकेत गर्दै ड्रापेल अनिच्छुक व्यक्तिलाई उक्त खण्डमा जान कसैले जबर्जस्ती नगर्ने बताउँछन्।
 

%d bloggers like this: