Fri. Apr 26th, 2024

फिल्म होस्टेल हेर्नेको जमात बढ्दै गएको छ । रिलिज समयमा हलले दिएका शोहरुले दर्शक धान्न नसकेपछि काठमाडौँ र काठमाडौँ बाहिरका हलले शो टाइम थप्दै गएका छन् ।
अधिकांस नेपाली फिल्म रिलिज नै नहुने काठमाडौँका बिग मुभिज, केएल टावर र सिभिल मलस्थित हलमा आजदेखि शो थपिएको छ । सुरुवाती समयमा ४ शो दिएका हलले फिल्मले गति लिएपछि आज एक शो बढाएर पाँच पुर्याएका थिए । बिहानी शो बाहेक सबै शो हाउस फुल चलेको हलहरुले जानकारी दिएका छन् । त्यसैगरी होस्टेल रिलिज भएको सिभिल मलको ३ नं हलले नधानेपछि नेपाली फिल्मलाई १ नं हलमा ल्याएर हिन्दी फिल्म ३ नं हलमा धकेलिएको छ ।

%d bloggers like this: