Sat. Apr 20th, 2024

नेपाली फिल्म क्षेत्रमा शुषमा कार्की हट नायिकाका रुपमा परिचित छिन्। यी शुषमाकै बाटोमा आइपुगेकी छिन् अर्की शुषमा। नायक सागर तिमिल्सिना र शुषमा सापकोटाको गरम रोमान्स चाँडै दर्शकमाझ छताछुल्ल हुँदै छ। नेपाली चलचित्र …अर्थ यो….’मा यी जोडीले कत्तिको अनर्थ गरेका छन्! युवापिँढीमा हुने प्रेम, बिछोड तथा विवादजस्ता विषयमा निर्माण भएको फिल्मका निर्माता पनि सागर नै हुन्।
नायक तथा निर्माता सागरका अनुसार …अर्थ यो….’ युवा प्रेममा देखिएको असफलताका कारण खोजिएको छ। उनले भने, …युवावस्थामा गरिएका प्रेम असफल किन हुन्छ भन्ने फिल्ममा उठाइएको छ।’ उनले …अर्थ यो….’ विशुद्ध मनोरञ्जनले भरिपूर्ण रहेको दाबी गरेका छन्।
एकै नजरमा बस्ने प्रेम र पछि सामान्य विवादबाटै हुने बिछोडका कारण उत्पन्न परिस्थितिलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको फिल्म …अर्थ यो…’ को सम्पूर्ण छायांकन पोखरामा गरिएको हो। फिल्मलाई दशँैअगावै प्रदर्शन गर्ने सोचमा सागर पुगेका छन्। उनले भने, …सकेसम्म दसैँअघि नै प्रदर्शन गर्ने तयारी गर्दै छु।’ फिल्ममा सागर र सुष्माका अलावा अर्जुन थापामगर र चन्दा दाहालको पनि मुख्य अभिनय छ। रहस्यमय प्रेमकथामा आधारित फिल्म भनिएको …अर्थ यो…’ को निर्देशन मिलन कार्कीले गरेका हुन्। परेली फिल्म प्रोडक्सनको ब्यानरमा तयार भएको यस फिल्मको छायांकन शम्भु चालिसेले गरेका हुन्।
 

%d bloggers like this: