Thu. Mar 28th, 2024

अभिनेत्री विनिता बराल हिजोआज चलचित्रको सुटिङमा देखिँदैनन् । केही समयअघिसम्म निर्देशकको इशारामा नाचिरहेको अवस्थामा भेटिने गरेकी बिनिता केही समययता गोलभेडा र काउली गोडिरहेकी भेटिन्छन् ।
चलचित्र ‘चपली हाइट’मार्फत हट अभिनेत्रीको छवि बनाएकी बिनिता अग्र्यानिक तरकारी खेतीमा लागेपछि अभिनयबाट ओझेल पर्दै गएकी छन् । तर, उनलाई अभिनयको चिन्ता छै्रन । बरु उनलाई तरकारी कसरी सफार्ने भन्ने चिन्ता छ । त्यो चिन्ता पनि विस्तारै हराउँदै गएको उनी बताउँछिन् । अग्र्यानिक तरकारीबाट आम्दानी हुन थालेपछि उनी दंग छिन् । बिनिताले कमाण्डर पोष्टसँग भनिन्, ‘चलचित्र त गर्दै गरौंला नि, अहिले त म तरकारी खेतीमै ब्यस्त छु ।’ उनले दशैं अगाडि नै अग्र्यानिक तरकारीबाट आम्दानी गर्न लागेकी बताइन् । ‘काउली, गोलभेडा र साग बेच्नलाई तयार भएको छ’ उनले भनिन्, ‘दशैंअगाडि नै एक लट बिक्री गर्छु । यो मेरो तरकारी खेतीको पहिलो आम्दानी हुने छ ।’
धापासीभन्दा केहीm पर टोखा नजिकै ४ रोपनी जग्गा भाडामा लिएर विनिताले अग्र्यानिक तरकारी खेती सुरु गरेकी हुन् । उनको फार्ममा कुरिलो, काउली, साग, गोलभेडा, खुर्सानीलगायत खेती गरिएको छ । उनी तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताउँछिन् । अहिलेसम्म उनले काम गर्ने मान्छेसमेत राखेकी छ्रैनन् । तरकारीबाट आम्दानी हुन थालेपछि काम गर्ने मान्छे राख्ने उनले बताइन् । ‘दशैंदेखि आम्दानी पनि सुरु हुन्छ’ उनले भनिन्, ‘त्यसपछि काम गर्ने मान्छे राख्छु, अहिले आफैले गरिरहेकी छु ।’
काठमाडौमा शुद्ध तरकारीको अभाव भएक कारण अग्र्यानिक तरकारी खेती सुरु गरेको विनिताको भनाइ छ । ‘यहाँ अग्र्यानिक तरकारीको राम्रो माग छ’ विनिता भन्छिन्, ‘त्यसैले हामीले प्रांगारिक मल प्रयोग गरेर तरकारी उत्पादन गर्न सुरु गरेकी हुँ ।’ उनले चलचित्र अभिनयमा भन्दा कृषि काममै रम्ने रुचि रहेको बताइन् ।
विनिताले तरकारी खेती सार्ने सोच बनाएकी छन् । अहिले गरिहेको स्थान अग्र्यानिक तरकारीका लागि उचित नभएकाले उनले ठाउँ सार्न लागेकी हुन् । उनले भनिन्, ‘चाँडै ठाउँ सार्दैछु, यहाँ अग्र्यानिक खेतीका लागि उचित भएन ।’ विनिताले अग्र्यानिक खेतीका लागि उचित स्थानको खोजिरहेको सुनाउँदै भनिन्, ‘अब जग्गा पनि अलि बढाउने सोच छ । अब थप चार रोपनी जग्गा खोज्दैछु ।’ करिब ९ लाख रुपैयाँ लगानी सुरु गरेको उक्त अग्र्यानिक तरकारी खेती गरेको जग्गालाई विनिताले वार्षिक ७५ हजार रुपैयाँ जति भाडा तिर्दै आएकी छन् ।
अग्र्यानिक तरकारी खेतीतिर लागे पनि चलचित्र क्षेत्रलाई माया मार्न नसकेको विनिताले बताइन् । उनले भनिन्, ‘अहिले पनि केही चलचित्रमा कुरा भइरहको छ । कुरा मिलेको छैन ।’ ‘चपली हाइट’ पछि विनिता अभिनित चलचित्र ‘फुलस्टप’ ले सोचेजस्तो व्यपार गर्न सकेन । त्यसपछि नै विनिता अग्र्यानिक तरकारी खेतीतिर लागेकी हुन् । उनी अभिनित चलचित्र ‘सुपरहिट’ प्रदर्शन हुन बाँकी छ । उक्त चलचित्र नामजस्तै हिट भए विनिताको अभिनयमा सम्भावना बढ्ने छ तर, फ्प भएमा उनी तरकारी खेतीमै सिमति हुने छिन् ।

%d bloggers like this: