Fri. Apr 26th, 2024

फिलिपिन्सकी मेगन योङ, २३, यो बर्षको विश्व सुन्दरी घोषित् भएकी छन् । इन्डोनेसियामा भएको प्रतिस्पर्धामा उनले शनिबार विश्व सुन्दरीको ताज पहिरिएकी हुन् ।
अमेरिकामा जन्मिएकी यी सुन्दरीले टिभी प्रस्तोता र फिल्मी कलाकारसमेत हुन् । ५ फिट ८ इन्च अग्ली सुन्दरी कलाकार लउरेन योङकी बहिनी हुन् । उनलाई पूर्व विश्व सुन्दरी चीनकी यू वेनजियाले ताज पहिर्याएकी हुन् ।
विश्व सुन्दरी घोषित् भएपछि भावुक बनेकी उनले सबैभन्दा राम्रो विश्व सुन्दरी बन्ने वाचा गरिन् ।
विश्व सुन्दरी-२०१३ की फस्ट रनरअप फ्रान्सकी मारिन लोर्पेलिन र सेकेन्ड रनरअप घानाकी ना ओकेले सुटर बनिन् ।
नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी इशानी श्रेष्ठ भने व्यूटी वीथ पर्पोज उपाधिसहित टप १० मा अटाइन् । उनी नेपालको तर्फबाट विश्व सुन्दरी प्रतियोगितामा टप १० मा पर्ने र सहायक उपाधि जित्ने पहिलो सुन्दरी हुन् ।
1380282_10151966182624974_1563275878_n
1238091_10151966175819974_502093333_n
1379483_10151966182969974_1775367713_n
1380282_10151966182624974_1563275878_n
1381511_10151966174879974_835077279_n
1382893_10151966179869974_1366550612_n 1383726_10151966181224974_360845081_n

%d bloggers like this: