Thu. Mar 28th, 2024

फिल्मका लागि ट्रेलर अहिले महत्वपूर्ण पक्ष मानिएको छ । किनभने अहिले दर्शक फिल्म हेर्नुअघि ट्रेलर हेर्छन्, अनि ठम्याउछन् हेर्न लायक छ कि छैन । त्यसैले ट्रेलर रिलिज पनि निर्देशकको सानोतिनो परीक्षा हुन थालेको छ । निर्देशक सुदर्शन थापाले त्यो जाँच दिएका छन् । अर्थात् उनी निर्देशित फिल्म ‘मधुमास’को पहिलो ट्रेलर रिलिज भएको छ । प्रणय विधाका फिल्म निर्देशनमा विशेष दख्खल राख्ने उनी फेरि त्यही विधामा फर्किएको यो फिल्म धेरै दर्शकको प्रतीक्षा पनि भएको फिल्म हो । दुई मिनेट ५ सेकेन्डको ट्रेलरमा थापाले प्रेम र रोमान्सलाई घुलाएका छन् । फिल्ममा आर्यन सिग्देल, पूजा शर्मा, सिवाङ्गीनी राणा र मनोज आरसी मुख्य भूमिकामा छन् । फिल्म प्रेम केन्द्रीत छ । फिल्मलाई ‘धन्दा’ फिल्मकै निर्माता जोडी निर्देशक थापा र बाबुराम दाहालले निर्माण गरेका हुन् । फिल्म दिनेश न्यौपानेले लेखेका हुन् । सुरेश अधिकारीको संगीत, दीपक बज्रााचार्यको छायाँकन र हिमाल केसीको द्वन्द्व निर्देशन फिल्ममा छ ।

%d bloggers like this: