Thu. Apr 25th, 2024

यो वर्ष नेपाली फिल्मबजारमा आएको मन्दी चिर्न सफल फिल्म हो, ‘होस्टेल’ । तन्नेरीको कथा उनिएको फिल्म ‘होस्टेल’ युनिटले दशैँको छेकोमा  सफलता बाँड्ने तयारी गरेको छ । यी योजनाअनुसार असोज २० गते राजधानीको पुरानो वानेश्वरस्थित सिद्धार्थ पाटीप्यालेसमा ‘सक्सेस पार्टी’ आयोजना गर्न लागेको छ ।
फिल्मको ब्यापारबाट दंगिएका निर्माता सुनिल रावलले भने, ‘हामी सफलता हाम्रो शुभचिन्तक र सहयोगी हातहरुसँग बाँड्न चाहान्छौँ ।’  सक्सेस पार्टीमा दुई सय जनालाई आमन्त्रित गर्ने योजना रहेको उनले बताए । हेमराज विसीले निर्देशन गरेको फिल्ममा अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, प्रकति श्रेष्ठ, रिस्ता बस्नेत लगायतले अभिनय गरेका छन् । फिल्मको डिस्ट्रब्युसनको जिम्मेवारी गोविन्द शाहीले सम्हालेका थिए ।

%d bloggers like this: