Tue. Mar 19th, 2024

काठमाडौ(एजेन्सी), आश्विन ९ – पकिस्तानको बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय पुगेको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
अधिकारीहरुका अनुसार ३ सय बढी घाइते छन् । भूकम्पको झट्काले ग्वादार मा तिस मिटर चौडा एक टापुको उत्पत्ति समेत भएको छ । स्थानीय समय अनुसार साढे ४ बजे ७.८ रेक्टरको भूकम्प आएको थियो ।

%d bloggers like this: