Thu. Apr 25th, 2024

गोपीकृष्ण मुभिज प्रालिका संस्थापक अध्यक्ष फिल्मकर्मी उद्धव पौडेललाई पृति शोक परेको छ । केही समयदेखि क्यान्सर रोगसँग जुधिरहेका उनका पिता गायत्रीप्रसाद पौडेलको  ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
उनको मंगलवार साँझ पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि फिल्मकर्मी तथा पत्रकारहरु आर्यघाट पुगेका थिए ।क्यान्सरबाट पीडित उनी चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिए । उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका तीन छोरी र २ छोरा छन् । यस दुःखद घडीमा मनोरञ्जनसंसार परिवार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

%d bloggers like this: