Fri. Apr 26th, 2024

चार दर्जन प्रतियोगिलाई पछि पादै आशिका श्रेष्ठले मिस टीन २०१३ को उपाधि जितेकी छन् । मुख्य निर्णायक ¥यापार निर्णय श्रेष्ठले ‘अव बन्ने संविधानमा युवाको लागि के लेखिनुपर्छ ?’ भन्ने प्रश्नमा ‘गास, वास र कपासको साथै युवालाई रोजगार, स्वास्थ्य र शिक्षाको निश्चितता हुनुपर्छ अनि मात्रै युवाको भविष्य सुनिश्चित छ भन्ने’ उत्तर दिएकी आशिका निर्णायकको रोजाइमा परेकी हुन् ।
अघिल्लो बर्षकी मिस टीन निलु खड्काले उनलाई ताज पहिराइदिएकी थिइन् । त्यसैगरि फस्ट रनरअप आस्मा घिमिरे तथा सेकेन्ड रनरअप श्रेया कार्की भइन् । उनीहरुलाई आयोजक द फेसन प्लसले नगदका साथै अन्य विभिन्न संघसंस्थाले स्कलरशीपका साथै गिफ्ट ह्याम्पर दिएका दिए। प्रतियोगिताको निर्णायकहरुमा गायक निर्णय श्रेष्ठका साथमा द पनाचे फेसन वेयरकी सञ्चालिका स्वेता सिरोहिया, आरजे तेन्डुप शेर्पा, कैलास प्रधान र विप्लबमान सिंह रहेका थिए । प्रतियोगितामा टाइटल अवार्ड पाउनेहरुमा प्रकृति पाठक (मिस ट्यालेन्ट), बर्षा खड्का (डिपिप्लेन), आशिका श्रेष्ठ (पपुलर), श्रदा सिलवाल (भिवर च्वाईस), पिंकी शेर्पा (आयोजक च्वाईस), सोनिया लामा (व्युटीफूल हेयर) रहेका थिए। त्यसैगरि अन्य टाइटल अवार्ड पाउनेहरुमा सविना पौडेल (स्माइल), अनुपमा उपाध्याय (क्याटवाक), अस्मिता भण्डारी (स्किन), बन्दना काफ्ले (फोटोजेनिक), निकि श्रेष्ठ (पर्सनालिटी), आशा घिमिरे (वेस्ट ड्रेस), श्रेया कार्की (फ्रेण्डशिप), स्मारिका शर्मा (लिडरशिप) रहेका थिए। प्रतियोगितामा सुगम पोखरेल लगायतका गायक गायिकाले गीतहरु गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।

%d bloggers like this: