Wed. Apr 24th, 2024

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट चुनाव लड्नुहुने भएको छ । एमाओवादी तर्फबाट उहाँले पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा भाग लिन लाग्नु भएको हो ।
बिहीबार राति सम्पन्न पार्टीको मधेस ब्युरो तथा भोजपुरा राज्य समितिको बैठकले थापालाई १ नं क्षेत्रबाट उठाउने निर्णय गरेको क्रान्तिकारी पत्रकार सङ्घ भोजपुरा राज्य समितिका संयोजक गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी पर्साको क्षेत्र नं २ बाट वीरगन्जको भेडीहारीमा रहेको नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको एमाओवादी स्रोतले जनाएको छ । रासस

%d bloggers like this: