सुटिङ भइरहेकै ठाउँबाट फिल्म ‘सुकुलगुन्डा’का कलाकारलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले फिल्मका लागि प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी चौकीमा पु¥याएको निर्देशक मधुसुदन भट्टराईले बताएका छन् । पक्राउ पर्नेमा प्रहरीकै भूमिका गरिरहेका ५ जना कलाकार छन् । काँडाघारीस्थित प्रहरीचौकी नजिकै प्रहरीले चोरलाई लखेटिरहेको दृष्य खिच्ने क्रममा कलाकारसहित सुटिङ भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । सुटिङ युनिटका अनुसार सक्कली प्रहरीले सुटिङ भइरहेको थाहा नपाएर फिल्मका लागि प्रहरी इन्सिपेक्टर बनेका रामचन्द्र अधिकारीलाई स्यालुट ठोकेका थिए । पछि यही विषयमा कुरा हुँदा जानकारी नै नदिइ सुटिङ गरिएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । निर्देशक मुधसुदनले भने, ‘हामीले चौकी नजिकै बिहानदेखि सुटिङ ग¥यौँ र अन्तिम सट लिन खोज्दा कलाकारलाई नियन्त्रणमा लिइयो ।’ प्रहरी नियन्त्रणमा प्रहरी इन्सिपेक्टर बनेका कलाकार अधिकारी, सइ बनेका मेम्बर लामालगायत ६ जन छन् । उनीहरुलाई छुटाउने प्रयास भइरहेको निर्देशकले बताए ।
ब्रेकिङन्युजःसुटिङ स्थलबाटै ‘सुकुलगुन्डा’का कलाकार पक्राउ
Byadmin
Sep 20, 2013Related Post
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
Mar 23, 2023
महङ्गियो चलचित्र निर्माण
Mar 23, 2023
निफमा ३५ देशका ९५ चलचित्र
Mar 16, 2023