Fri. Apr 19th, 2024

दुई शताब्दी भयो जंग बहादुरले यो धर्ती छाडेको । तर फेरी एक पटक रजतपटमा जंग बहादुर जन्मने भएका छन् । यस पटक जंगबहादुरलाई पुनर्जन्म दिने कार्य उत्कल थापाले गरेका छन् ।
नेपाली सिनेमाका लागि उत्कल आँफैमा डेब्यु निर्देशक हुन् । तथापि अष्ट्रेलियाबाट सिनेमा अध्ययन गरेको अनुभव छ उनीसँग । सोही कारण उनले नेपाली इतिहासकै सबै भन्दा शक्तिशाली पात्रलाई रोजेर सिनेमामा उतार्ने काम गर्दैछन् । यो कार्यमा उत्कलसँग नेपाली सिनेबृत्तका कुशल छायाँकार एवं सफल निर्माता सुसन प्रजापति उत्रिएका छन् ।
जागबहादुरलाई प्रतिक बनाएर उत्कल र सुसनले चलचित्र ‘जंगे’ निर्माण गर्दैछन् । जसमा सुरजसिंह ठकुरीलाई निर्माण पक्षले प्रथामिकता दिएको छ । काठमाडौंमा बिहिबार बेलुका एक समारोह माझ चलचित्र जागेको निर्माण घोषणा गरियो । तिहार पछि छायांकन सुरु गरिने जागेलाई आईडियाज एन्ड इमेजेस् र आभाना प्रोडक्सनले निर्माण गर्दैछ । जसका प्रस्तुतकर्तासँगै छायाँकारको रुपमा पनि सुसन प्रजापतिनै रहेका छन् ।

%d bloggers like this: