Wed. Apr 24th, 2024

लोक तथा दोहोरी कलाकारको सुर्खेतमा भव्य जमघट हुने भएको छ । असोज १२, १३ र १४ गते लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन सुर्खेतमा हुने भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । प्रतिष्ठानको पाँचाँै केन्द्रीय अधिवेशनमा सात सय दोहोरी कलाकार प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । केन्द्रीय समितको २९ पदका लागि निर्वाचन हुने अधिवेशन प्रचारप्रसार संयोजक बद्री पंगेनीले बताए । प्रतिष्ठानले हरेक तीन वर्षमा नयाँ कार्यसमिति चयन गर्दै आएको छ ।

%d bloggers like this: