Fri. Apr 19th, 2024

यो हप्ता प्रेम र रोमान्सले भरिएका दुई फिल्म हलमा लाग्ने भएका छन् । महिलाका विषयमा बनेका भनिएका यी फिल्मले कथा भने ठ्याक्कै विपरीत उठाएका छन् । नारीको खराब चरित्रलाई मुख्य विषय बनाएको ‘खेताला’ र महिलाविरुद्ध हिंसालाई मूल विषय बनाएको ‘प्राणभन्दा प्यारो’ले एकैदिनमा हलमा लाग्ने तारतम्य मिलाएका हुन् ।
श्रीमान्ले आफ्नो भावना नबुझेको भन्दै परपुरुषसँग सल्किने महिलाको कथा हो, ‘खेताला’ । ‘प्राणभन्दा प्यारो’मा पुरुषले नारीमाथि गरेको अत्याचारको बदला लिने महिलाको कहानी छ । शिव घिमिरेको निर्देशनमा बनेको फिल्म ‘खेताला’मा एक्सन, प्रेम र रोमान्सलाई जोड दिइएको छ । फिल्ममा राजेश ढुंगाना, पुष्कर रेग्मी, मोनिका दाहाल, रामभक्त श्रेष्ठ, किशोर चौलागार्इंलगायत कलाकारले अभिनय गरेका छन् । । कमलकृष्णको निर्देशनमा तयार भएको ‘प्राणभन्दा प्यारो’मा भने अनामिका चौलागाईं, वासु पुडासैनी, विष्णु सापकोटा, सन्दीप बगाले आदि कलाकारका अभिनय हेर्न पाइनेछ ।

%d bloggers like this: