Fri. Apr 19th, 2024

हलिउड अभिनेती डेमी मुरको हर्कत देख्दा यस्तो लाग्छ– कसैसँग अफेयर नचलाई उनी रहनै सक्दिनन् । पति अस्टन कुचरसँग छ वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी ह्यारी मर्टनसँग अफेयर्स चलाउन पुगेकी थिइन् । छ महिनाअघि ह्यारीसँग उनको ब्रेकअप भएको थियो । अहिले ह्यारीका बाबु तथा धनाढ्य व्यवसायी पिटर मर्टनसँगको रोमान्समा डेमी व्यस्त भएको चर्चा चल्न थालेको छ तर दुवैले यसबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् ।
स्रोतका अनुसार उनीहरू सातामा तीन पटकसम्म सँगै हुन थालेका छन् । यसले उनीहरूबीचको सम्बन्धमा शंका गर्ने प्रशस्त ठाउँ सिर्जना गरेको छ । स्रोत त अझ केसम्म भन्छ भने पिटर उमेरका हिसाबले आफूभन्दा धेरै सिनियर भए पनि डेमी उनीसँग ज्यादै ‘कम्फर्टेबल’ फिल गर्छिन् । यसअघि डेमीको सम्बन्ध आफूभन्दा कान्छा व्यक्तिसँग बढी हुने गथ्र्यो ।

%d bloggers like this: