Thu. Apr 25th, 2024

आजकाल कसैका बारेमा जानकारी हासिल गर्नुप-यो भने सजिलो माध्याम गुगल छ । त्यसकारण हलिउडकी हट अभिनेत्री लिलि कोलिन्सका बारेमा जान्न नचाहने कमै होलान् । इन्टरनेटको दुरुपयोग गर्नेले उनलाई चोरीको बाटो बनाएका छन् ।
लिलिलाई अनलाइनमा सर्च गर्नु सबै सेलिब्रिटीभन्दा खतरानक रहेको पाइएको छ । भर्खरै गरिएको अध्यनले उनलाई इन्टरनेटमा सर्च गर्नु सबभन्दा बढी खतरानक देखाएको हो । उनको माध्यमबाट साइबर अपराधमा संलग्नले तपाईँको पासवर्ड प्राप्त गरेर गोप्य जानकारी लिन सक्ने बताइएको छ । यो सफ्टवेयर सेक्युरिटी कम्पनी एमसीएफीले गरेको अध्यनले देखाएको हो । प्रत्येक वर्ष गरिने यो अध्यनमा अघिल्लो वर्ष ह्यारी पोर्टर स्टार एमा एट्सन सबैभन्दा खतरानकको सूचीमा राखिएको थियो ।

%d bloggers like this: