Thu. Mar 28th, 2024

दक्षिण भारतीय सुन्दरी बलिउड ‘इन्ट्री’ गर्ने क्रम बढेको छ । दक्षिणका स्थापित र चर्चित अभिनेत्रीसमेत पछिल्लो समय ‘मेनस्ट्रिम’ बलिउड ‘इन्ट्री’ गरिरहेका छन् । यस्तै, पछिल्लो समय तमन्ना भाटियाको पनि बलिउडमा दमदार ‘इन्ट्री’ भएको छ । 
दक्षिण भारतमा ‘तम्मु स्विटी ग्लिज’का रूपमा चर्चित यी सुन्दरी अभिनेता अजय देवगणसँग फिल्म ‘हिम्मतवाला’मा अभिनय गरेर बलिउड ‘इन्ट्री’ भएकी हुन् । जम्ने हिम्मतका साथ ‘हिम्मतवाला’ बाट बलिउड ‘इन्ट्री’ गरेकी तम्मनाले त्यसपछि ‘इट्स इन्टरटेनमेन्ट’ र ‘हमलक्स’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।
हुन त यसअघि पनि दक्षिणबाट फिल्मी करिअर प्रारम्भ गरेका अभिनेत्रीले बलिउडमा राम्रै स्थान पाएका छन् । असिन, काजल अग्रवाल, चार्मी कौर, इलियाना डिक्रुजजस्ता अभिनेत्री दक्षिण भारतीय फिल्मबाटै करिअर सुरु गरेका हुन् । यी अभिनेत्रीले ‘मेनस्ट्रिम’ मानिएको बलिउडमा राम्रै चर्चा र स्थान पाए र पाइरहेका छन् ।
यस्तै, तम्मनाले पनि बलिउडमा आफ्नो उज्ज्वल भविष्य देखेकी छन् । दक्षिण भारतीय फिल्ममा राम्रै स्थान बनाएकी तम्मना भन्छिन्, ‘हरेक कलाकारले ठूलो सपना देखेको हुन्छ । यसबाट म पनि अपवाद छैन ।’ नाम कमाउन चाहेको र त्यो लक्ष्य बलिउडबाट पूरा गर्ने उनले बताइन् । तम्मनाले दक्षिण भारतीय फिल्म पनि नगुमाउने बताइन् । उनले भनिन्, ‘मेरा लागि साउथ फिल्म इन्डस्ट्री महत्वपूर्ण छ । जहाँ मेरो काम र प्रतिभा देखेर तमिल र तेलगु फिल्ममा काम गर्ने एकैसाथ मौका पाएकी थिएँ ।’
दक्षिण भारतीय फिल्म ‘कालुरी’ मा कलेज गर्लको मुख्य भूमिका गरेर करिअर यात्रा सुरु गरेकी तम्मनाले थुपै्र सुपरहिट फिल्म दिएकी छन् । तम्मनाको विशेषगरी ‘पइथ्या’ सुपरहिट मानिन्छ । ‘जब वी मैट’ को तमिल संस्करणमा यी अभिनेत्री करिनाको भूमिका गरेकी छन् ।
तम्मनाले फिल्मी करिअर सुरु गरेको तीन वर्ष हुँदै छ । तर, यस अवधिमा उनले अधिकांश सुपरस्टार कलाकारसँग काम गरिसकेकी छन् ।
तम्मनालाई ‘हिम्मतवाला’ का निर्देशक साजिद खान आफ्नो आगामी फिल्ममा समेत दोहो¥याएका छन् । यी अभिनेत्रीले ‘बोल्ड इमेज’ बाट टाढा बस्न चाहेको समेत बताइन् । उनले भनिन्, ‘बलिउडमा जम्न म बोल्ड दृश्यको सहारा लिन चाहन्नँ ।’ उनले पर्दामा किस सिन र बिकिनी समेत नलगाउने निर्णय गरेकी छन् । उनले बलिउडमा मात्र नभएर साउथ फिल्ममा समेत ‘बोल्ड सिन’ नदिने बताइन् ।
 

%d bloggers like this: