असोज दोस्रो साता सर्ट फिल्महरूको तीनदिने फेस्टिबल हुने भएको छ । ‘एकादेशमा’ शीर्षकमा हुन लागेको फेस्टिबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २९ वटा लघु चलचित्र देखाइने आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अन्डरग्राउन्ड टकिजको आयोजनामा असोज ११ देखि १३ गतेसम्म क्युएफएक्स कुमारी हलमा हुने भएको छ । महोत्सवको पहिलो दिन नेपाली लघु चलचित्र ‘द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’ प्रदर्शन गरिने जनाइएको छ । फेस्टिवलको समापन सर्वनाम थिएटरमा गरिने कार्यक्रमका निर्देशक सोहम ढकालले बताए । ‘कथाको धागोहरू’ मूल नारा बोकेको फेस्टिबल फूलको माला, हीराको माला र सुनको माला तीन खण्डमा हुने आयोजकले जनाएको छ । जसमा फूलको मालाअन्तर्गत कथावाचनको पुरातन शैलीलाई तोड्दै दर्शकले चाहेको विभिन्न रंगका कथा फरक ढंगले प्रस्तुत गरिएका देश÷विदेशका उत्कृष्ट १२ चलचित्र प्रदर्शन गरिनेछ भने हीराको माला खण्डमा विश्वका २५० भन्दा बढी सहरमा एकै सातामा प्रदर्शन हुने विभिन्न देशका उत्कृष्ट १० लघुचलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यस्तै, सुनको माला खण्डमा नेपाली चलचित्रको भविष्य, नवोदित चलचित्रकर्मीलाई प्रोत्साहनस्वरूप चलचित्र अध्ययन गर्ने विद्यार्थीका उत्कृष्ट ८ चलचित्र प्रदर्शन गरिने भएको छ । फेस्टिबलमा उत्कृष्ट हुने चलचित्रलाई ३० हजार र विद्यार्थीका चलचित्रलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । उत्कृष्ट चलचित्रको छनोट अडियन्सले गर्ने फेस्टिवल निर्देशक ढकालले बताए ।
असोज दोस्रो साता ‘एकादेशमा’
Byadmin
Sep 16, 2013Related Post
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
Mar 23, 2023
महङ्गियो चलचित्र निर्माण
Mar 23, 2023
निफमा ३५ देशका ९५ चलचित्र
Mar 16, 2023