Thu. Mar 28th, 2024

गायिका अन्जना गुरुङको दोस्रो एकल गीतिसंग्रह ‘मिठास’को  बिमोचन  भएको छ । गीतकार कालिप्रसाद रिजाललको प्रमुख आतिथ्यमा उक्त एल्बम् बिमोचन भएको हो । प्रमुख अतिथीका तर्फबाट शुभकामना दिदै रिजालले अञ्जनाको गायकीको प्रशंसा गरेका थिए ।
गायिका गुरुङका गुरु चन्दनकुमार श्रेष्ठले भने आफूले सोचेजस्तो गीत अझै गाउन नसकेको बताउँदै एल्बम समग्रमा राम्रो भएको बताएका थिए । श्रेष्ठले गायिका अन्जना गुरुङ निकै राम्रो गीत गाउन सक्ने गायिकाको रुपमा पाएको बताउँदै गायिकाले हतारमा एल्बम निकालेको महसुस भएको बताए ।
कार्यक्रममा संगीतकार बीबी अनुरागीले एल्बम मिठासको समिक्षा गरेका थिए भने गायक कन्हैया सिंहले उत्पादक कम्पनीको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीले आयोजकको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए भने संगीतकारको तर्फबाट आशिष अबिरलले संगीतका बारेमा प्रष्ट पारेका थिए । त्यस्तै गायिका अन्जना गुरुङले आफूले सकेसम्मको मेहनत गरेको र निरन्तरतामा गीत गाउन नछाड्ने बताएकी थिइन् ।
कार्यक्रममा गीतकार÷संगीतकार राजकुमार बगर, गीतकार शंकर अधिकारी घायल, संगीतकार विकास चौधरी, निर्देशक समन अधिकारी, गायिका आभा मुकारुङ लगायतका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।
एल्बममा कालिप्रसाद रिजाल, शंकर अधिकारी घायल, राजकुमार बगरलगायतको शब्द रहेको छ भने राजकुमार बगर, आशिष अबिरल, बीबी अनुरागीको संगीत रहेको छ । मिठास एल्बमलाई टीकागोपाल म्यूजिक क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

%d bloggers like this: