Thu. Apr 25th, 2024

रुमानियाकी एक युवती २३ वर्षमै हजुरआमा भएपछि उनलाई ‘कान्छी हजुरआमा’को उपाधि दिइएको छ । तीन वर्षअघि ११ वर्ष उमेरकी छोरीले छोरो जन्माएपछि उनी संसारकै कान्छी हजुरआमा बने पनि यससम्बन्धी समाचार भर्खरमात्रै प्रकाशित भएको छ ।
२३ वर्षीया रिफ्का स्टनइस्कूले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् । छोरीले पनि ११ वर्षमै आमा भएपछि रिफ्का हजुरआमा भएकी हुन् । उनी रुमानियाको घुमन्ते समुदायको परिवारकी सदस्य हुन् । यस्तो समुदायमा बालविवाह प्रचलित छ ।
बिहे हुँदाका दिन सम्झिँदै रिफ्काले भनिन्, ‘म दुई वर्षकी हुँदा एक केटासँग मेरो बिहे गरिदिने प्रतिज्ञा गरेका छन् बाआमाले । तर, हुर्किंदै गएपछि मेरो अर्कै केटासँग लभ प¥यो र घरबाट भागेर ऊसँग बिहे गरेँ । कुनै केटासँग केटीले रात बिताई भने उनीहरूलाई समाजजे छुट्याउन सक्दैनथ्यो । यसको लाभ उठायौँ हामीले ।’ अहिले उनी तिनै केटाको श्रीमती भएर बसेकी छिन् ।
छोरी मारिया आमा बनेकोमा उनलाई खुसी लागेको छ । ‘पहिले पढाइ सिध्याओस्, अनि बिहे गरिदिउँला भन्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘तर, छोरी मारियाले पनि सानैमा केटो खोजिहाली । बिहे गरेको छ महिनाभित्रै गर्भवती भई । हजुरआमा भएकीमा खुसी भए पनि मैले मारियाका लागि अर्कै सपना देखेकी थिएँ ।’

%d bloggers like this: