Wed. Oct 9th, 2024

नेपाली फिल्मका पर्दामा यसपटक दुइटै समाजसँग निकै नजिक रहेका कथामाथि बनेका फिल्मले रिलिजको चाँजो मिलाएका छन् । चेलिबेटी बेचबिखनलाई मूल कथा बनाएको ‘ढुवानी’ र राजनीतिलाई पर्दामा उतारिएको फिल्म ‘राजनीति’ यो हप्ता रिलिज हुँदै छन् ।
‘ढुवानी’मा नेपालबाट कसरी चेलीबेटी भारतको वेश्यालयसम्म पु¥याइन्छ भन्ने कुरालाई उठाइएको छ । फिल्मले माइती नेपालको पनि साथ पाएको छ । कविता श्रेष्ठले प्रस्तुत गरेको ‘ढुवानी’ पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् । यसका निर्माता मञ्जिल श्रेष्ठ हुन् । फिल्ममा किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेन्द्रराज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् ।
‘राजनीति’मा राजनीतिको कुरूप तस्बिर उतारिएको छ । अभिनेता राजेश हमाल र गायिका कोमल वलीबीचको राजनीति फिल्मका पर्दामा देखिनेछ । वली पहिलोपटक फिल्ममा देखिन लागेकी हुन् । वसन्त निरौलाले निर्देशन गरेको ‘राजनीति’मा राजेश र कोमलका साथै दीपक सुवेदी, पवित्रा आचार्यलगायत कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
 
dhuwani