Thu. Apr 25th, 2024

२५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको हो ।
यसअघि नियमले साउन २६ गते पेट्रोलमा २ र डिजेल तथा मटि्टेतलमा १/१ रुपैयाँ मूल्य बढाएको थियो । मंगलबार भएको मूल्य बृद्धिपछि बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ ।
लागत मूल्य बढेर निगमले घाटा थेग्न नसक्ने अवस्था आएपछि मूल्य बढाउनु परेको प्रवक्ता शिवप्रसाद पुडासैनीले बताउनु भयो । उहाँका अनुसार यसअघि १ अर्ब ६२ करोडको घाटा रहेकोमा मूल्यबृद्धिपछि १ अर्ब ३३ करोडमा झर्नेछ । नियमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषसँग १/१ अर्ब ऋण लिने तयारी गरेको छ ।

%d bloggers like this: