Sat. Apr 27th, 2024

अभिनेता आर्यन सिग्देल पनि फिल्म निर्माता भएका छन् । फिल्म ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन् ।
मलेसिया निवासी सुवास गिरीसँग मिलेर निर्माण गर्न लागेको फिल्ममा मुख्य भूमिकामा पनि उनी आफै छन् । प्रेम र मौसमको दोहोरो वर्षालाई बिम्ब बनाइएको फिल्ममा उनका जोडीका रुपमा नम्रता श्रेष्ठ र छुल्ठिम डोल्मा गुरुङ ‘भिज्दै’ छन् । पपगायक धिरज राईकी जीवनसंगीनी छुल्ठिमको यो पहिलो फिल्म हुनेछ । फिल्मलाई ‘के यो माया हो’ निर्देशन गरेका दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

IMG_4745 IMG_4747

%d bloggers like this: