Thu. Apr 25th, 2024

तीन जना चर्चित फिल्मकर्मीका तन्नेरी छोराहरू अचेल दौँतरी बनेर हिँड्छन् । अभिनेता भुवन केसीका छोरा अनमोल, टीका पहारीका छोरा गौरव र निर्देशक शोभित बस्नेतका छोरा सलोनको मिल्ती उनीहरूका समकक्षीलाई जलन हुने खालकै छ । मिल्दो उमेरमात्रै होइन, एउटै क्षेत्रमा करिअर बनाउनका लागि संघर्षरत उनीहरू सँगै भेटिए । उनीहरुले हामीसँग प्रेम र करियरबारे गफ गरेका छन् । नेपाली फिल्म ओरालो लागेका बेला यी तन्नेरीले अभिनय गरेको ‘होस्टेल’ फिल्म हिट भएको छ ।
बाउको बिँडो थाम्न आइपुगेका उनीहरूले यतिबेला एउटै प्रश्नको उत्तर दोहो¥याएर दिनु परिरहेको छ, ‘विरासत धान्न सकिन्छ त ?’ पहिलो फिल्म ‘मञ्जरी’ले दिलाएको सफलतामाथि ‘होस्टेल’ले दिलाएको चर्चाका कारण गौरवलाई चाहिँ आत्मविश्वास जागिसकेको छ । त्यसैले भन्छन्, ‘अग्रजले देखाएको बाटो सही ढंगले हिँड्यो भने अवश्य धानिन्छ होला ।’ अनमोल र सलोनलाई पनि अब हिचकिचाहट छैन । त्यसैले भन्छन्, ‘अब सकिन्छ ।’ gauran
पहिलो फिल्म ‘होस्टेल’ले दिलाएको चर्चाका कारण निकै आशावादी देखिन्छन् उनीहरू । नेपाली फिल्म नहेर्ने पुस्ताका यी तन्नेरी आफैँ नेपाली फिल्ममा करिअर खोज्दै छन् । फिल्म क्षेत्रमै समर्पित परिवारका सदस्य उनीहरू आफैँले कत्तिको नेपाली फिल्म हेर्ने गरेका थिए ? गौरव ढाँट्दैनन्, ‘फिल्म खेल्नुअघि नेपाली फिल्म हेरेको थिइनँ ।’ अनमोलको सोझो उत्तर छ, ‘ड्याडीका फिल्ममात्रै हेरेको छु ।’ सलोनले अनमोलको उत्तरमा सही थाप्दै साथीहरूसँग गरेको बदमासी सम्झिए, ‘यो फिल्म त राम्रो छ भनेर उल्याएर साथीहरूलाई ड्याडको फिल्म हेर्न लगेको छु ।’ नेपाली फिल्मसँग जोडिनुअघि उनीहरूले पनि ‘नेपाली फिल्म हामीले हेर्न लायक हुँदैनन्’ भन्ने आफ्ना साथीका भनाइमा स्वर थपेका थिए उनीहरुले । ‘हाम्रा साथी ‘होस्टेल’ हेर्न चाहिँ आए्,’ अनमोलले उज्यालो अनुहार लगाए । सलोनले कुरा काटे, ‘हाम्रा साथी त आइहाल्छन् नि । हाम्रो उमेरका देशभरिका साथीहरू हलमा आए ।’ सामाजिक सञ्जालमा युवा पुस्ताले गरेको कमेन्ट देखेर गौरवलाई विश्वास छ, उनीहरूको फिल्म प्राय नेपाली युवाले हरेका छन् ।
युट्युब, फेसबुक र ट्वीटरमा उनीहरूले अभिनय गरेको ‘फिल्म हे¥र्यौँैं’ भन्नेहरूमा धेरै संख्या युवतीको छ । उनीहरूले महिला फ्यानल हेरेका छन् वा, उनीहरूका गर्लफ्रेन्डले बनाएको माहोल पनि हुनसक्छ ! गौरव सर्लक्कै पन्छिदिए, ‘मेरा चाहिँ गर्लफ्रेन्ड नै छैनन् है । यी दुई जनाका हुन् कि ।’ अनमोलले भने, ‘हाम्रै कारणले नभए पनि ड्याडीहरूका कारण हामीलाई युवतीले वाच गरिरहेका हुन सक्छन् ।’ सलोनलाई ‘अनमोल ब्रोले सही द्या’ जस्तो लाग्छ ।
salonउमिँ्रदै तीनपात पलाउने पुस्ताका यी तन्नेरीले गर्लफ्रेन्ड नबनाउने कुरै भएन । ‘किन नबनाउनु बनाइयो नि, अहिले पो छैन त,’ अनमोलले ‘भ्याकेन्सी ओपन’ भएको संकेत गरे । सलोनले हाँसेर टारे । गौरवले पोल लगाए, ‘दाइ, यी केटाहरूको कुरा नपत्याउनू । सोझो भनेको ममात्रै हो ।’ कहिलेदेखि गर्लफ्रेन्डको पछि कुद्न थालियो त ? सलोनले भने, ‘त्यस्तै ७÷८ कक्षा पढ्दाखेरि हो कि ?’ गर्लफ्रेन्ड भनेपछि सबै काम फत्ते हुनुपर्ने धारणा भएको पुस्तामा हुर्किएका अनमोलले भने, ‘होस्टेलमा बसिन्थ्यो दाइ, नाम मात्रका गर्लफ्रेन्ड थिए नि, सँगै हिड्न र कुरा गर्न मात्रै पाइन्थ्यो ।’ गौरवले कमजोरी बताए, ‘म त लजाउथेँ । पढ्दै गर्दा एकचोटी आफ्नै कक्षामा पढ्ने एउटा केटीले प्रेम प्रस्ताव राखी । मैले ओके गरिदिएँ । लाजले भोलिपल्टदेखि उसको घरको बाटै हिँड्न छाडेर घुमाउरो बाटो जान थालेँ ।’
उनीहरूले नै अभिनय गरेको फिल्म ‘होस्टेल’मा ‘केटी क्युट हुनुपर्छ वा हट’ भन्ने विषयमा केटाहरू बाझिएका छन् । वास्तविक जीवनमा गर्लफ्रेन्ड बनाउनका लागि केटी कस्तो हुनुपर्छ ? सलोन अघि सरे, ‘केटी भनेको हट हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ ।’ अनमोलले प्रतिवाद गरे, ‘दाइ, हट त पोलेको आलु पनि हुन्छ होइन र, केटी भनेको क्युट नै हुनुपर्छ ।’ गौरवले दुइटैलाई रोके । यतिन्जेल सोझा देखिएका उनी केटी रोजाइको मामलामा बाठा भए, ‘केटी हट र क्युट दुवै हुनुपर्छ मेरा लागि त ।’
छोराछोरीलाई होस्टेलको जिम्मा लगाएर आफ्नो काममा एकचित्त हुने अभिभावक बढ्दै गएका छन् । ‘होस्टेल’ फिल्मका हिरोहरूले वास्तविक जीवनमा होस्टेलको अनुभव संगालेका छन् कि छैनन् ? अनमोल कक्षा १ देखि १० सम्म र गौरव ४ देखि १२ कक्षासम्म होस्टेलमा बसेका छन् । तर, सलोनलाई त्यसको अनुभव छैन । ‘एक महिनाको वर्कसपमा केटाहरूको होस्टेल बसाइ खोतली–खोतली सुनेँ नि,’ उनले भने । ‘सलोन होस्टेल बसेको भए अरूलाई बिगाथ्र्याे,’ तीन तन्नेरीका गफ सुनिरहेका फिल्म निर्माता सुनिल रावलले बीचमै बोले, ‘किनभने वर्कसपमा रहँदा हामीलाई सलोनले अभिनय गर्न सक्छ भन्ने विश्वासै थिएन । दिनभरि अरूका अघि आवाराजस्तो देखिएर रातभरि पढ्ने विद्यार्थीको जस्तो व्यवहार छ यसको ।’ गौरव र अनमोलले सही थापे ।
सधैँ जिस्किरहन रुचाउने यी तीन तन्नेरी ‘होस्टेल’ फिल्मको सुटिङपछि दौँतरी बनेका हुन् । सलोन र अनमोलको भने पहिले पनि भेट भइसकेको थियो । उनीहरूको ग्याङमा पछि गौरव मिसिन आइपुगे । यतिबेला उनीहरूको दोस्ती झन् गहिरिएको छ ।

%d bloggers like this: