Thu. Apr 25th, 2024

अमेरिकी अभिनेत्री रुनी मारा निर्देशक टोड हायनेसको फिल्म ‘क्यारोल’मा देखिने भएकी छिन् । यसअघि अभिनेत्री मिया वसिकोस्का फिल्ममा अनुबन्धित भए पनि अन्तिममा रुनीले बाजी मारेकी हुन् ।
फिल्ममा उनी अभिनेत्री केट ब्ल्यान्सेटको जोडी बन्नेछिन् । फिल्म लेस्बियनको कथामाथि आधारित भएकाले रुनीले यसलाई चुनौतीका रूपमा लिएकी छिन् । अर्काे वर्षको सुरुतिर फिल्म छायांकन सुरु हुने बताइएको छ ।

%d bloggers like this: