Fri. Apr 26th, 2024

मिस युके नेपालकी फस्ट रनरअप मोनिका लिम्बूको अर्को पनि परिचय थपिएको छ । ‘मिस युके नेपाल–२०१०’ मा फस्ट रनरअपको उपाधि जितेकी सुन्दरी मोनिकाले गीति एल्बम ‘सायद’ लिएर आएकी छन् । योसँगै मोनिका गायिकाको लिस्टमा समेत परेकी छन् । Monica Limbu (3)
मोनिकोको पहिलो एकल एल्बमको रुपमा प्रस्ुतत ‘सायद’ शनिबार राजधानीमा एक समारोहका बीच संगीतकार शुम्भुजीत बास्कोटा, संगीतकार सुरेश अधिकारी, प्रहरी नायब प्रहरी उपरीक्षक गणेश राईलगायतले सार्वजनिक गरेका थिए । करिब चार वर्षयता लण्डनमै बस्दै आएकी मोनिकाले कार्यक्रममा एल्बमका दुईवटा गीत पनि सुनाइन् । उनको माधुर्य स्वर र गायनशैलीले उपस्थित दर्शकदीर्घा मन्त्रमुध्न भएका थिए । भन्दै थिए, ‘राम्रै गाउँदीरहेछ ।’ सानैदेखि गाउने रहर पालेकी मोनिकाले एल्बम सार्वजनिकपछि खुसी देखिइन् ।
विमोचित एल्बममा चारवटा गीत समावेश छन् । सायद, अचम्मै लाग्यो, दुई दिनको जीवन र मसँगजस्ता गीत सगृहित एल्बममा न्हु बज्राचार्य र धिरज राई तथा गायिका सयंमकै शब्द÷संगीत रहेको छ । एल्बमलाई एक्सन इन्टरटेनमेन्टले श्रोतामाझ ल्याएको हो ।

%d bloggers like this: