Thu. Mar 28th, 2024

वरिष्ठ गायक वरिष्ठ गायक फत्तेमान राजभण्डारीको फोक्सोमा क्यान्सर देखापरेको छ । उनको स्वास्थ्यस्थिति गम्भिर बन्दै गएको जनाइएको छ । वासु शशी स्मृति परिषदको उपाध्यक्ष समेत रहेका गायक राजभण्डारीको हाल चाबहिलस्थित ओम हस्पिटलमा उपचार भइरहेको छ । उनको उपचारमा डा. सुदिप श्रेष्ठ संलग्न छन् ।
वि.सं. १९९३ मंसिरमा १३ मा जन्मिएका गायक राजभण्डारी नेपाली सांगीतिक क्षेत्रका शिखर व्यक्तित्व मानिन्छन् । उनका चार सयभन्दा बढी कालजयी र भजनमा स्वर तथा संगीत दिएका छन् ।  ‘मर्न बरु गाह«ो हुन्न’, ‘यस्तो पनि हँुदोरहेछ’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ’ ‘बनै खायो डडेलोले मनै खायो’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतका गायक राजभन्डारीको ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो’जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर तथा संगीत दिएका छन् ।
उनले छिन्नलता गीत पुरस्कार, नातीकाजी सम्मान, नारायणगोपाल संगीत कोषबाट स्वर सम्राट सम्मान, इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड, नेपाली सेनाद्वारा राष्ट्रिय पुरस्कार, साधना सम्मान, सुगन्ध सम्मान, आह्वान समूह, चाबहिलद्वारा अभिनन्दन, पशुपतिनाथ संगीत कला प्रतिष्ठानद्वारा अभिनन्दन, नेपाल टेलिभिजनद्वारा अभिनन्दन, पशुपति क्षेत्र विकास कोषद्वारा सम्मान, कान्तिपुर एफ एमद्वारा लाइफटाइम एवार्डलगायत विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् । विभिन सांगीतिक र साहित्यिक आधा दर्जन संघसंस्थामा आवद्ध रहँदै आएका राजभन्डारीले साढे पाँच दशक नेपाली संगीतमै विताइसकेका छन् ।  वरिष्ठ गायक फत्तेमान राजभण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै, उनको उपचारको लागि सहयोग गरिदिन नेपाल सरकारलाई वासु शशी स्मृति परिषद् अनुरोध गरेको छ ।

%d bloggers like this: