Thu. Mar 28th, 2024
काठमाडौं – ४८ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेलका अधिकारी दम्पत्तिले अन्तत: अनशन तोडेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले विहान १ बजेर ५ मिनेट जाँदा अधिकारी दम्पतीलाई जुस खुवाएर अनशन तोडाएको बीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए।
अनशन तोडाउन अधिकारी दम्पतीका छोरा नुरप्रसादसँग स्वास्थ्य मन्त्रालयका विशेष सचिव डा. तीर्थराज बुर्लाकोटी, मनवअधिकारीकर्मी, प्रहरीका उच्च अधिकारीसँग झण्डै ९ घण्टा छलफल भएको थियो । यसका साथै सचिव बास्कोटासहितको टोलिसँग छोरा नन्द प्रसादसँग ५ घण्टा बढी वार्ता भएको थियो । वार्ताको क्रममा हत्यामा संलग्न अन्य हत्याराको खोजी तथा अनुसन्धानलाई तीव्र बनाउने, उनीहरुको स्वास्थ्य उपचार गरिदिने, सुरक्षा दिने, हालसम्मको क्षतिपूर्तिको उपलब्ध गराउने सहमति भएको थियो ।
आज बिहान अनशन तोडेको भएपनि हिजो दिउँसो ४ बजेदेखि छलफल सुरु भएको थियो।
%d bloggers like this: