Sat. Apr 20th, 2024

पहिले महिलाहरु तीजमा आफै मादल ठटाएर नाँच्थे । अचेलचाहिँ गायिकाहरु बोलाएर कार्यक्रम गर्न थालेका छन् । यसले तीजका गीत गाउने गायिकालाई भ्यानभ्याइ हुन थालेको छ । यसपटकको तीजमा गायिकाको सेड्युल कस्तो छ ? हामीले बुझ्न खोजेका छौँ ।
मञ्जु पौडेल
हिजोआज कार्यक्रमको चापले स्टेजबाट तल झरेर जमिनमा टेक्ने फुर्सद पनि छैन । अहिले काठमाडौँ भ्यालीमै व्यस्त रहे पनि केही दिनका लागि पश्चिमतिर जाँदै छु । म उद्घोषण पनि गर्छु । त्यसैले धेरै आयोजकले मलाई सम्झन्छन् । देशबाहिरबाट पनि बोलावट आउँछ । तीजको दिन मुम्बईमा हुन्छु । त्यतै तीज मनाइन्छ । यसपालि ‘गानो सरे सर्ला’ नामको एउटा मात्र गीत गाएँ ।
निशा सुनार
एकैदिनमा पाँच वटासम्म कार्यक्रम भ्याउनुपर्छ । तीज त व्यापक लागेको छ । राजधानीमै व्यस्त छु । मोफसलबाट पनि बोलाको बोलै छन् । कहाँ भ्याउनु र ? फेरि महोत्सवको सिजन पनि सुरु भइसक्यो । दिदीबहिनीले आयोजना गर्ने दर खाने कार्यक्रममा पनि सकेसम्म सामेल भएकै छु । यसपटक मैले दुइटा एल्बममा आठ वटा जति तीज गीत गाएँ । nesa
टीका पुन
देशविदेशका विभिन्न कार्यक्रममा व्यस्त भइयो । हङकङ र कतारबाट स्टेज कार्यक्रम सकेर आइयो । देशभित्र हुने तीजका धेरै कार्यक्रम भ्याउनुपर्नेछ । समय अभावले धेरै आयोजकलाई ‘सरी’ को जवाफ फर्काउनुपर्छ । अस्ति आफ्नै जन्मथलो सुर्खेतमा भएको महोत्सवमा जान नपाउँदा धेरै दुःख लाग्यो । यसपालि तीजमा १०–१२ वटा तीजका गीत गाएँ ।
tika
रमिला न्यौपाने
आइतवारसम्म राजधानीका स्टेज सोमा व्यस्त थिएँ । तीजमा साह्रै व्यस्त भइन्छ ।  भोलि चितवनमा भव्य कार्यक्रम छ । आफूले त तीज पनि स्टेजमै मनाउने भइयो । यसपालि तीजको एल्बम एउटा निकालेँ । ठाउँठाउँमा दिदीबहिनीले आयोजना गरेका दर खाने कार्यक्रममा जान भ्याई–नभ्याई छ । यो व्यस्तताको पनि आफ्नै खाले मज्जा छ ।
purnakal
पूर्णकला बिसी
पश्चिमतिरका स्टेज कार्यक्रम सकेर राजधानी छिरेँ । यहाँ पनि कार्यक्रमको धेरै चाप छ । दिनमा तीनटासम्म कार्यक्रम भ्याउनुपर्छ । दिदीबहिनीहरूले आयोजना गर्ने सानातिना दर खाने कार्यक्रम पनि भ्याउनैपर्छ । यसपालि तीजको दिन पोखरामा कार्यक्रम छ । त्यसलै घरतिर जाने र तीजमा परिवारसँग बसेर रमाइलो गर्ने इच्छा अधुरै भयो । जहाँ भए पनि नाचगान गरेर रमाइलो गरिन्छ ।
amrita
अमृता लुङ्गेलीमगर
स्टेज कार्यक्रममा असाध्यै व्यस्त छु । दिदीबहिनीका दर खाने कार्यक्रम पनि भ्याइरहेकै छु । राजधानीभित्रका धेरै कार्यक्रम एकैदिनमा भ्याउन सके पनि बाहिरका भने मुस्किल पर्छ । एल्बमका लागि धेरै दुःख गरिएन । एल्बम भन्दा स्टेजमै रमाइलो र फाइदा हुने भएपछि कसले गुमाउला र मौका ? यसपटक मेरा पुराना गीतलाई  समेटेर ‘बेस्ट अफ अमृता’ शीर्षकमा तीजको एल्बम निकालेकी छु ।
muna
मुना थापामगर
यसपटक तीजका दुइटा मात्र एल्बममा स्वर दिए पनि स्टेज कार्यक्रममा भयंकर बिजी छु । स्टेजमा स्रोता र दर्शकसँग प्रत्यक्ष साक्षात्कार हुन्छ । राजधानीका विभिन्न कार्यक्रममा व्यस्त छु ।  पश्चिमतिरबाट पनि बोलाएका छन् तर जान भ्याइरहेकी छैन । यसपालिको तीज आफ्नै गाउँघरमा मनाइन्छ ।

%d bloggers like this: