ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर फिल्म ‘सुनगाभा’ले पाएको छ । विदेशी भाÈी फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि केही बिरोधका स्वर निस्किन थालेका छन् । नेपालबाट प्रतिनिधित्वका लागि निवेदन दिने अन्य फिल्म नपरेपछि उनीहले गरेको विरोधको स्पष्टिकरण ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले स्काइपबाटै दिएका छन् ।
केही समयदेखि फ्रान्समा बस्दै आएका सुवर्ण फ्रान्सको नागरिक भएकाले ‘सुनगाभा’ले नेपाली फिल्मका रुपमा ओस्कारमा भाग लिन नपाउने ‘बधशाला’का निर्देशक मनोज पण्डित लगायतले बताएका थिए । यही विषयमा स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा सुवर्णले स्काइपबाट भने, ‘मैले अघिल्लो वर्ष मात्रै फ्रान्सको नागरिकता लिएको साँचो हो । तर, नेपाली नागरिकता त्यागेको छैन । परिआएका खण्डमा फ्रान्सकै नागरिकता त्याग्न तयार छु ।’ आफ्नो रगतमा नेपाली भावना बग्ने भएकाले आफूलाई विदेशी भनेकामा दुःख मनाउ गर्दै उनले ‘सुनगाभा’ नेपाली फिल्म भएको बताए ।
पत्रकार सम्मेलनमा फिल्म छनोट समिति नेपालका सदस्य लक्ष्मीनाथ शर्माले निवेदक चारवटै फिल्म हेरेपछि निर्णय लिएको बताए । उनले भने, ‘हामीले कसैको पैसा खाएर कसैलाई नजिक र टाढाको ब्यबहार गरेनौँं ।’ निर्माता संघका अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष नवल खड्का र प्राविधिक संघका अध्यक्ष मनोज केसीले शुभकामना मन्तव्य दिएका थिए ।
समलिंगी युवतीको प्रेमकथामा आधारित फिल्म ‘सुनगाभा’ले यसपटक ओस्कारमा सहभागी हुने अवसर पाउनेछ । ‘सा“घुरो’, ‘शिरिÈको फूल’ र ‘बधशाला’ ओस्कार प्रतिस्पर्धामा सामेल थिए । विमल पौडेल अध्यÔ रहेको छनोट समितिले ओस्कारमा सुनगाभालाई पठाउने निर्णय गरेको हो । छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली (कपिल) छन् । नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्म ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ । त्यहा“बाट पनि छनौट भएमा मात्र सन् २०१४ मार्च २ तारिखका दिन अमेरिकाको लस एन्जेलसमा हुने ८६औं एकेडेमी अवार्डस् (ओस्कार अवार्डस्) को विदेशी भाÈी फिल्म पुरस्कारका लागि ‘सुनगाभा’ले प्रतिष्पर्धा गर्नेछ ।
यसअघि नेपाली फिल्म ‘क्याराभान’ले पहिलोपल्ट सन् १९९९मा आयोजना भएको ७२ औं ओस्कारमा सहभागिता जनाएको थियो । त्यसपछि सन् २००० मा ७३ औं ओस्कार अवार्डका लागि छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म ‘मुकुण्डो’, सन् २००३ मा ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘मुनामदन’,सन् २००६मा सुभास गजुरेलले निर्देशन गरेको ‘बसाइँ’ले ओस्कार अवार्ड प्रतिश्पर्धाका लागि नेपालको प्रतिनिधित्व गरेका थिए । यि तीनटै फिल्मले छनोटको पहिलो चरण पार गर्न सकेनन् ।