Thu. Apr 25th, 2024

काठमाडाैँ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।
बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएका थिए भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन् । ।
बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…’लाई स्रोता÷दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता÷दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Leave a Reply

%d bloggers like this: