Thu. Mar 28th, 2024

एजेन्सी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा भिडिओ सार्वजनिक गरिएको छ ।
उक्त भिडियोमा गत साता मंगल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । त्यसमा रोबटका चक्काले मंवल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ ।
उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ ।
पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मंगल ग्रहको सतहमा राखेको हो । उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मंगल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो ।
पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो । तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए । ती क्यामेराका तस्बिरहरूले इन्जिनियरहरूका लागि महत्त्वपूर्ण सुझाव दिनेछन् । त्यसले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: