Thu. Apr 25th, 2024

काठमाडाैँ । विश्वभर १४ लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको कोरोना भाइरस सुरूमा देखा परेको एक वर्ष भइसकेको छ । कोरोना सुरू भएको एक वर्ष बित्दा भर्खर यसको खोप बनेका समाचारहरू प्रकाशित भएका छन् ।
अहिलेसम्म अमेरिका, रूस तथा बेलायत कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएका छन् । भ्याक्सिन पूर्ण रूपमा सुरक्षित भएको प्रमाण नभएता पनि प्रभावकारीता राम्रो देखिएको छ ।
अमेरिकामा फाइजर र मदेर्नाका भ्याक्सिनको नतिजा आशापूर्ण छ भने रूसको स्तुपनिक–५ र बेलायतको एष्ट्राजेनेकाको भ्याक्सिन पनि प्रभावकारी देखिएका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा बनेको एष्ट्रजेनेका भ्याक्सिन बनाउने महिला तिनै हुन् जसले मलेरिया र इबोला भाइरसको पनि भ्याक्सिन बनाएकी थिइन् । सन् १९६२ जन्मेकी सारह गिल्बर्टले बनाएको भ्याक्सिनले कोरोना अन्त्यको आशा नजिक पुर्याएको छ ।
उनले १९९० को दशमा मलेरिया र २०१४ मा इबोला भाइरसको भ्याक्सिन बनाउन पनि ठूलो भूमिका खेलेकी थिइन् ।

Leave a Reply

%d bloggers like this: