Fri. Apr 19th, 2024

४ असोज, एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । कोरोना भाइरका कारण युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा चेन्नइले मुम्बई इन्डियन्समाथि जीत निकालेको हो ।
चेन्नइले मुम्बई इन्डियन्समाथि ५ रनको जीत निकालेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।
अविजित रहेका फाफु डु प्लेसिसले ५५ रन बनाए । हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।
गत वर्ष १२ औं संस्करणको आईपीएल फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

Leave a Reply

%d bloggers like this: