Thu. Mar 28th, 2024

काठमाडाैँ । ‘भोक लाग्यो’को पात्रबाट परिचित हास्य कलाकार देवीराम पराजुली कोरोनामुक्त भएका छन् । उनले आफु कोरोनामुक्त भएको फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनलाई दुई साताअघि संक्रमण पुष्टि भएको थियो । उनको कोरोना संक्रमण पुष्टि भएको जानकारी पनि फेसबुकबाट नै दिएका थिए ।
कोरोना संक्रमणका बेला सुस्वास्थ्यको कामना गर्नेहरूप्रति सम्बोधन गर्दै उनले लेखेका छन्, ‘मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका, प्रत्यक्ष वा परोक्ष्य रुपमा सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ।’

Leave a Reply

%d bloggers like this: