Thu. Apr 25th, 2024

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब दुई महिना भइसकेको छ । तर, भारतीय मिडियामा उनको यो निधनबारे नयाँ नयाँ समाचार आउन छोडेको छैन ।
अब उनकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्ती फेरि मिडियामा छाएकी छिन् । उनीविरुद्ध त सुशान्तका बाबुले उजुरी दिएका छन् र प्रहरीले छानबिन गरिरहेको छ । यहीबीच रियाले सुशान्तकी बहिनीमाथि गम्भीर आरोप लगाएकी छिन् ।
एक स्टेटमेन्ट जारी गर्दै रियाले भनेकी छिन्– एउटा पार्टीपछि सुशान्तसँग प्रियंकाले जे गरेकी थिइन्, त्यसका कारण उनीहरुको विवाद सुरु भएको थियो । उनले सुशान्तको अन्तिम संस्कारमा आफू सहभागी हुन चाहेको तर प्रियंकाका कारण नै आफ्नो नाम त्यो सूचीबाट हटाइएको पनि बताएकी छिन् । सुशान्तको अन्तिम संस्कारमा भारतमा लकडाउन लगाइएको थियो र त्यसमा २० जना मात्र सहभागी हुन पाउने नियम त्यति बेला थियो ।

Leave a Reply

%d bloggers like this: