Fri. Mar 29th, 2024

बलिउडको चर्चित एवं सफल चलचित्र ‘दृश्यम’का निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ । ५० वर्षीय कामत गत हप्ता पेटमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा सोमवार उनको अस्पतालमा नै निधन भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनको मृत्यु बारे अभिनेता रितेश देशमुखले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर जानकारी दिएका हुन् ।
मराठी चलचित्र ‘डोम्बिवली फास्ट’ बाट निर्देशकिय सुरु गरेका उनले बलिउडमा दृश्यमका साथमा मदारी, फोर्स, मुम्बई मेरी जान, रक्की हेन्सम जस्ता सफल र चर्चित चलचित्र निर्देशन गरेका छन् । जय देवगनको मुख्य भूमिका रहेको ‘दृश्यम’बाट चर्चामा आएका कामत अभिनयमा पनि रुचाइएका छन् ।

Leave a Reply

%d bloggers like this: