नेपालको राष्ट्रिय झण्डा जलाउने इसरार अहमदको नेपालमा जल्यो पुत्ला (भिडियो)

मनोरंजनसंसार डटकम | Friday, June 19th, 2020

नेपालको झण्डा जलाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपालको छिमेकी मुलुकमा यसरी राष्ट्रिय झण्डा जलाइनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने प्रतिक्रियासमेत सामाजिक संजालमा आइरहेका छन् ।

आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछी नेपालमा पनि केही समुहबाट त्यसको बिरुद्दमा भारतीय झण्डा , इसरार खान , र नरेन्द्र मोदीको समेत पुत्ला जलाइएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Facebook Comments