Thu. Apr 25th, 2024

मुम्बई(एजेन्सी) । फिल्म ‘राजा हिन्दुस्तानी’मा आमिर खानको उस्ताद भनेर बोलाउने सानो केटो, जो फिल्म ‘भाइ’मा सुनिल सेठ्ठीको सानो भाइ थियो । फिल्म ‘हम हे राही प्यार के’मा देखिएका नटखट केटो, यो केटो तत्कालिन समयमा फिल्मको नामले नै चिनियो । त्यो समयमा उसले आफ्नो अभिनयबाटै दर्शकको माया पाएको थियो ।
यिनै केटा करिब एक दशकपछि फिल्म ‘कलयुग’मा प्रमुख भूमिकामा देखिए । उनको नाम थियो कुणाल खेमू । फिल्ममा उनको अभिनयको तारिफ गरियो, अनि शुरु भयो अभिनेता कुणालको फिल्मी यात्रा । सन् १९८३ मा श्रीनगरमा कुणाल एक कश्मीरी पीडित परिवारमा जन्मिएका थिए । उनका हजुरबुवा मोतीलाल खेमू कश्मीरी पटकथाकार थिए र साहित्यमा योगदान दिएवापत उनले साहित्य एकेडेमी र पद्यश्री पुरस्कार पनि पाए ।
कुणालले सानो उमेरमै अभिनय शुरु गरेका थिए । चार वर्षको उमेरमा उनले सिरियल ‘गुल गुलशन गुल्फाम’मा अभिनय गरेका थिए । फिल्ममा बाल कलाकारका रुपमा उनले सन् १९९३ मा नसिरुद्दीन शाहको फिल्म ‘सर’बाट यात्रा शूरु गरेका थिए । यसपछि उनी दर्शकमाझ ‘राजा हिन्दुस्तानी’मा नोटिस भए । यसबाहेक उनले ‘भाई’, ‘तमन्ना’, ‘जख्म’ र ‘हम हैं राही प्यार के’मा बाल कलाकारका रुपमा अभिनय गरे । फिल्म ‘कलयुग’बाट प्रमुख अभिनेताको यात्रा शुरु गरेका उनले ‘ट्रैफिक सिग्नल’, ‘ढूंढते रह जाओगे’ र ‘सुपरस्टार’ जस्ता फिल्ममा उनले अभिनय गरे । तर पब्लिकले उनको त्यो भूमिकालाई रुची देखाएनन् ।
विस्तारै विस्तारै बाच्नकै लागि भए पनि कुणालले फिल्ममा सहअभिनेताका रुपमा अभिनय गर्न थाले । जसमा अधिकांश भूमिका हसाउने थियो । यस्तो चरित्रमा उनलाई दर्शकले मनपराउन थाले । प्रमुख अभिनेतामा फ्लप भएका कुणाल सहअभिनेतामा भने सफल हुन थाले । ‘गोलमाल’, ‘ढोल’, ‘गो गोवा गोन’, ‘भाग जोनी’, ‘पोस्टर ब्वाइज’, ‘सिम्बा’, ‘कलंक’ र ‘मलंग’ जस्ता फिल्ममा उनी देखिए ।

Leave a Reply

%d bloggers like this: