Sat. Apr 20th, 2024

काठमाडौं । गत वुधबार लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नयाँ नेपाली नक्सा सार्वजनिक भएसंगै भारतीय मिडिया नेपालको खेदो खन्न लागि परेका छन् । यसैबीच नेपाल–भारत सीमा विवादको सन्दर्भमा नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप अहिले निक्कै विवादित बनेको छ।

उक्त भिडियोमा उनले भनेकी छन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्। त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ । नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका हुन्।

Leave a Reply

%d bloggers like this: